महामन्त्री जितेपछि विश्वप्रकाशले भने, ‘कांग्रेस रुपान्तरणको प्रारम्भ भयो’


१ पुष २०७८, बिहीबार
bishwa 3

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको बताएका छन् । सानेपामा पत्रकारसँग कुरा गर्दै शर्माले आफ्नो जित नेपाली कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने यात्राको शुरुवात भएको बताए ।

शर्माले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । यो सिङ्गो नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित गर्ने, नयाँ बिहानी शुरुवात गराउने यात्राको प्रारम्भ हो ।’

फरक-फरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उनले बताए । शर्माले वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजलबाट उम्मेदवारी घोषणा गरेको र विजयी भएको घोषणा हुने बित्तिकै सुन्दरीजल पुगेर माटोको टीका लगाएर केहि प्रतिबद्धता जनाउने पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७