कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादब विजयी


२ पुष २०७८, शुक्रबार
Chitralekha Yadav

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । प्रदेश २ को महिलातर्फ यादव निर्वाचित भएकी हुन् ।

कुल ४६६२ मत खसेकोमा यादवले २७३१ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी गिता चौधरीले १८८५ मत पाएकी छन् । यादव सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेकी थिइन् ।

यसअघि प्रदेश २ को खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७