काठमाडौं प्रहरी परिसरको प्रमुख फेरिए


२ पुष २०७८, शुक्रबार
SSP Sudip Giri

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी सरुवा भएको करिव दुइ महिना पछि मात्रै गिरीले जिम्मेवारी सम्हालेका हुन् ।

गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर प्रधानमन्त्री निवास बालुवाटारको संरक्षणमा सरुवा कार्यान्वयन नगरेर सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालिरहेका थिए ।

सिंहको सरुवा यसअघि नै भएपनि सरुवा कार्यान्वयन भने भर्खरै मात्र भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरको भनाई छ । महानगरीय प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा आएका गिरी यस अघि केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत थिए ।

विमानस्थलमा मैनाली
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीले पाएका छन् । अहिलेका प्रमुख एसएसपी राजेशनाथ वास्तोला लामो समयका लागि विदामा गएकाले मैनालीलाई पठाइएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७