एमाले सर्वदलीय बैठकमा नजाने


४ पुष २०७८, आईतवार
Kp Oli 1230

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जारी गतिरोध अन्त्य र एमसीसीबारे रणनीति बनाउन आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले सचेतक विशाल भट्टराईले सर्वदलीय बैठकमा सहभागी हुनेबारे केही निणर्य नभएको जानकारी दिए । भट्टराईले भने, ‘नेकपा एमाले सर्वदलीय बैठकमा सहभागी हुँदैन ।’

जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वहान गरेका हुन् । गत साता प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो ।

सभामुखको भूमिका र सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी (एस) को सहभागिताको विषयमा आपत्ती जनाउँदै एमालले सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ । सर्वदलीय बैठक आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। एमालेले विगत लामो समयदेखि संसद अवरुद्द गर्दै आएको छ । सर्वदलीय बैठकमा एमालेले निरन्तर गरेको संसद अवरुद्द र एमसीसीबारे बैठकको मुख्य एजेण्डा छन् ।

एमाले बैठकमा सहभागी नहुने भएपछि सर्वदलीय बैठक औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुँदा संसदमा टेबल हुन सकेको छैन । एमसीसी मुख्यालयले एमसीसी अनुमोदन गर्न नेपाल सरकारले प्रतिवद्धता जनाइसकेको भन्दै पर्खेर बसेको छ । संसदमा जारी अवरोध हटाउन र एमसीसीका विषयमा थप निणर्य गर्न बैठक डाकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सर्वदलीय बैठकअघि दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७