‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ गुणकेशरी प्रधानलाई


४ पुष २०७८, आईतवार
ict award pradhan11 jX5b22ey6n

काठमाडौं । नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।

लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवानसफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।

प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि योगदान पुर्‍याउँदै आएकी छन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा काम गरेकी प्रधान हाल वुमन इन आईटी संस्थालाई नेतृत्व गरिरहेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७