नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग माग्यो १५ अर्ब

पर्यटनमन्त्री आलेले भने, ‘वायुसेवा निगमलाई निजीकरण गर्दैनौं’


६ पुष २०७८, मंगलवार
nepal airlines

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई तत्काल निजीकरण नगर्ने बताएका छन् । आज (मंगलबार) निगममा आयोजित एक कार्यक्रममा मन्त्री आलेले निगमलाई निजीकरण नगर्ने स्पष्ट पारेका हुन् ।

यसअघि प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव गरेका थिए । कर्मचारीले यसको विरोध गर्दै पौडेललाई निगममा प्रवेश निषेध गरेका थिए । आले मन्त्री भएसँगै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्दै डिमप्रसाद पौडेललाई मन्त्रालय तानेका थिए ।

कार्यक्रममा नेपाल वायुसेवा निगमले सरकारसंग नयाँ जहाज खरिदको लागि १५ अर्ब रुपैयाँ माग गरेको छ । अधिकारीले नयाँ जहाज खरिद कार्ययोजना बनिरहेको बताएका छन् । उनले केही दिनमै नयाँ जहाज खरिदबारे निणर्य गरिने पनि जानकारी दिए । अर्थ मन्त्रालयले भने यस्तो रकम दिने प्रतिबद्धता गरेको छैन । पर्यटनमन्त्री प्रेम आलेसमक्ष अर्थ मन्त्रालयसँग जहाजका लागि आवश्यक रकमको पहल गर्न आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७