कांग्रेस प्रदेश-२ नेतृत्व चयनका लागि आज मतदान


८ पुष २०७८, बिहीबार
Congress 2 Matdan1640170399

जनकपुर । नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान शुरु हुने जानकारी दिएका छन् ।

सभापतिका उम्मेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र विमलेन्द्र निधि पक्षबीच विवाद समेत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७