बेन्जेमाको दुई गोलमा रियलको जित


८ पुष २०७८, बिहीबार
real madrid athletic bilbao INcsC9pLf2

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि २-१ गोल अन्तरको जित हात पारेको छ । रियलका लागि दुवै गोल करिम बन्जेमाले गरेका थिए ।

खेलको चौथो मिनेटमा नै गोल गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्को गोल थप्दै उनले टोलीको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो गोल गरेको ३ मिनेटपछि खेलको १० औं मिनेटमा एथ्लेटिक बिल्बाओले एक गोल फर्काउँदै खेललाई २-१ को अवस्थामा ल्याएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो ।

यससँगै रियलले लिगमा १९ खेलबाट ४६ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको १८ खेल ३८ अंक छ । एथ्लेटिक बिल्बाओले भने १९ खेलबाट २४ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७