कुखुरा बोकेको जीप दुर्घटना : एकको मृत्यु, दुई जना घाइते


८ पुष २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-६ मा गए राति कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका-१५ का २० वर्षीय कुनथाङ मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जीप चालकसहित दुई जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७