भारतीय सीमा क्षेत्रबाट लागूऔषध र भारुसहित पाँच युवा पक्राउ


९ पुष २०७८, शुक्रबार

झापा । झापाको मेचीनगरस्थित सीमा नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले भारतीय रुपैयाँ र लागूऔषधसहित तीन जना नेपाली युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले बिहीबार दिउँसो उनीहरुलाई दशगजा क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर १० घर भएका २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम १ चौतारेडाँडा घर भई हाल झापाको बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई छन् । सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डीएसपी प्रेमबहादुर भण्डारीका अनुसार भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बिओपी काँकडभिट्टाको सशस्त्र टोलीले मेचीनगर ६ काली मन्दिरस्थित नेपाल-भारत सीमा पिलर ८८/७ नजिकैबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज़ ६३ चक्की, ९४ हजार ८६० भारतीय रूपैयाँ, ४ सय ३० नेपाली रूपैयाँ र एउटा मोबाइल बरामद गरेको छ । हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७