घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


९ पुष २०७८, शुक्रबार
gold

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७