१५ मिनेटमै सकियो महाधिवेशनपछिको कांग्रेस केन्द्रीय समिति वैठक, गर्‍यो पाँच निर्णय


१० पुष २०७८, शनिबार
Nepali Congress Central comittee meeting 2078

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक आज (शनिबार) बसेको छ । वैठक करीब १५ मिनेट बसेर सकिएको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिए लगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखेका हुन् । बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताए ।
त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निणर्य गरेको छ ।

बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निणर्य गरेको छ ।

१४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार समितिका पदाधिकारीले प्रमाण पत्र बुझेलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७