नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्षमा भीम ज्वाला राई


१० पुष २०७८, शनिबार
Bhimjwala Rai Nepal

बुटवल : नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्षमा भीम ज्वाला राई दोस्रो कार्यकालको लागि चयन भएका छन् । बुटवलमा सम्पन्न ११ राष्ट्रिय महाधिवेशनले राईको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपाध्यक्षमा नवराज घिमिरे, जीतबहादुर मल्ल, विष्णु लामा, सुरेन्द्र साह, ठाकुर प्रसाद गैरे, महासचिवमा केशव थापा (निरु) उपमहासचिवमा देवी प्रसाद भट्टराई, विष्णु पराजुली, खगेन्द्र बहादुर ओली चयन भए ।

यसैगरी सचिवमा सरस्वती रिजाल, शंकर थापा, टीका भट्टराई, विष्णुबहादुर खत्री र रामकुमार ढुंगानासहित ४१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।

कमिटी
अध्यक्ष : भीमज्वाला राई

उपाध्यक्ष : नवराज घिमिरे
उपाध्यक्ष : जितबहादुर मल्ल
उपाध्यक्ष : विष्णु लामा
उपाध्यक्ष : सुरेन्द्र साह
उपाध्यक्ष : ठाकुरप्रसाद गैरे

महासचिव : केशव थापा

उपमहासचिव : देवीप्रसाद भट्टराई
उपमहासचिव : विष्णु पराजुली
उपमहासचिव : खगेन्द्रबहादुर ओली

सचिव : सरस्वती रिजाल
सचिव : शंकर थापा
सचिव : टिका भट्टराई
सचिव : विष्णुबहादुर खत्री
सचिव : रामकुमार ढुँगाना


सदस्य :

  • मंगलकुमार ब्लोन
  • कमल सापकोटा
  • भरत थापा क्षेत्री
  • लक्ष्मीप्रसाद बाँनिया
  • जयकला गिरी
  • बिन्दा क्षेत्री
  • धनमाँया सुनुवार
  • विदुर सिं तामाङ
  • धर्मराज बस्नेत
  • कृष्णप्रसाद कँडेल
  • हरीराम धिताल
  • ललित चन्द
  • हरिप्रसाद प्रसाँई
  • कृष्णमाँया ब्लोन
  • लक्ष्मी राना
  • राजकुमार रायमाझी
  • खडानन्द भण्डारी
  • शैलेश लामिछाने
  • धिरेन्द्र वर्मा
  • शंकरदत्त जोशी
  • मोहनलाल गिरी
  • कालीबहादुर योगी
Bhim Rai

महाधिवेशनले ५ बुँदे प्रस्ताव पारित गरेको छ । कोरोना महामारीले यातायात क्षेत्र धराशायी बनेको बन्दै राज्यले सार्वजनिक यातायात क्षेत्रको पुनर्स्थापना गर्न संगठनले माग गरेको छ ।

संगठनका नवनिर्वाचित अध्यक्ष भीम ज्वाला राईले लगानीकर्ता र श्रमिकको लागि विशेष प्याकेज सहितको यातायात पुनर्स्थापना योजना ल्याउनुपर्ने बताए ।

उनले श्रमिकको पुनर्स्थापना र सुरक्षा, सडक दुर्घटना र सचेतना, दुर्घटनापछिको उपचारमा पहुँच, दुर्घटना र श्रमिकको सरोकार, कानुनी झमेला र सास्ती र यातायात प्राधिकरण हाम्रो अभियानको प्रस्ताव महाधिवेशनले पारित गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७