खोप नलिने अमेरिकी सेनाको जागिर ‘चट्’


११ पुष २०७८, आईतवार
1 us marines covid vacs rejected1640482940

काठमाडौं । अमेरिकी सेनाले आदेश दिए बमोजिम कोरोना भाइरस विरुद्धको खोप दिन अस्वीकार गर्ने ६६ जना सैनिकलाई साताभित्र पदमुक्त गरिएको छ । अहिले अमेरिकामा कोरोनाको नयाँ रुप ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या वृद्ध भएयता खोपलाई निकै जोड दिइएको छ ।

अहिलेसम्म यो समेत गरी अमेरिकामा खोप नलिएकै कारण जागिर गुमाउने सैनिकको कूल संख्या १ सय ६९ पुगेको छ । मरिन कोप्र्स मिसनले एक विज्ञप्ति मार्फत भनेको छ, ‘अहिले मानिसहरुमा निकै तीव्र गतिमा कोरोना भाइरस फैलरहेको अवस्थामा हाम्रो मरिन र मरिन कोप्र्स मिसनमा निकै खतरा बढेको छ । कम्तिमा आंशिक रुपमा खोप लगाएका सेनाको संख्या पनि गत साताकै जति अर्थात ९५ प्रतिशत नै यथावत रहेको छ ।’

प्रतिरक्षा विभागको दोस्रो वरियताका अधिकारीको निकट रहेका व्यक्तिहरुमा संक्रमणको घटना बढेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत साता उप रक्षामन्त्री क्याथलिन हिक्ससँगै हवाइ, क्यालिफोर्निया र नेव्रास्काको भ्रमण गरेका सात जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको बिहीबार जनाएको छ । हिक्सलगायत उनको साथ भ्रमण गरेका अन्य उनका निजी कर्मचारी भने अहिलेसम्म नेगेटिभ नै देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७