माओवादीकै कारण नेपालमा गणतन्त्र आयो : पम्फा भुसाल

‘समाजवाद नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो’


११ पुष २०७८, आईतवार
pampha bhusal Maoist center 20211226100919
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन् । आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी धार निर्माण गरेको बताइन् ।

उनले भनिन्, ‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं । समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं । हामीले सहकार्यमार्फत् आमुल परिवर्तन गर्‍यौं । हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो ।’ समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नुपर्ने उनले बताइन् । प्राप्त उपलब्धिको संस्थागत गर्दै समाजवाद उन्मुख समाजमा जानका लागि महाधिवेशनले विगत र वर्तमानको समीक्षा गर्ने उनको भनाई छ । भुसालले क्रान्तिकारी विचार निर्माण गरी जनता र राष्ट्रको पक्षमा आफूहरु लागि पर्ने बताइन् ।

भुसालले समाजवाद नै अहिले पार्टीको मुख्य उद्देश्य भएको बताएकी छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने बताइन् ।

प्रज्ञा-प्रतिष्ठानमा जारी पार्टीको ८औँ महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उनले समाजवादको आधार तयार पार्दै समाजवादी राज्य बनाउन वैचारिक राजनीतिक ढंगबाट केन्द्रित भएर महाधिवेशन गर्ने बताइन् । समाजावदको कार्यदिशा तय गरेर कार्यान्वयन गर्ने र पार्टीलाई जीवन्त बनाउने प्रयासस्वरूप महाधिवेशन भएको पनि उनले बताइन् । ‘विगत र वर्तमानको समीक्षा गरेर भावी रणनीति तयार गर्दै मौलिक समाजवाद निर्माण गर्दै त्यसको कार्यदिशा बनाउन यो महाधिवेशन हामीले गरेका हौं’, उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७