एक्लै चुनाव जित्ने आँट नभएका प्रचण्ड-माधव सपनामा पनि गठबन्धन देख्छन् : गोकर्ण विष्ट


१२ पुष २०७८, सोमबार
gokarna bista

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एक्लै चुनाव लडेर जित्ने आत्मविश्वास नभएका कारण प्रचण्ड र माधव नेपालसँग एमालेविरुद्ध गठबन्धन बनाउने बाहेक अन्य कुनै राजनीतिक एजेण्डा नभएको आरोप लगाएका छन् ।

गुल्मीको मदानी गाउँपालिकास्थित जनज्योति क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई गठबन्धन कायम रहने भने पार्टी रहन्छ भन्नेमा समेत विश्वास नगरेको दावी ।

विष्टले भने, ‘उहाँहरु सपना पनि कांग्रेसले भोट हालेर जितेको देख्नु हुन्छ । गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले गठबन्धनकै सपना देख्नुहुन्छ । एमालेसँग एक्ला एक्लै चुनाव लड्ने आँट कुनै पनि पार्टीसँग छैन ।’

पूर्वमन्त्री विष्टले आगामी निर्वाचनमा सबै दल गठबन्धन बनाएर आए पनि एमालेले परास्त पार्ने भन्दै शेरवहादुर देउवा नेतृत्वका सरकार जनताको मतबाट नभई बम्पर उपहारबाट प्राप्त भएको बताए । गृह जिल्लामा रहेका विष्ट एमालेका विभिन्न भेला र पार्टी प्रवेश कार्यक्रममा व्यस्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७