सुनको भाउ बढ्यो, चाँदीको घट्यो


१२ पुष २०७८, सोमबार
gold

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको जानकारी दिएको हो । हिजो सुनको मूल्य स्थिर थियो ।

तोलामा एक सय रुपैयाँको वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ छ । हिजो चाँदी प्रतितोताल १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७