बेलायती महारानीको ‘हत्या प्रयास’ को भिडियोमा अनुसन्धान जारी


१३ पुष २०७८, मंगलवार
c54a2 16406146277880 1920 wJHNb2RKTg

काठमाडौं । क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।

यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिए र उनको हातमा धनुष तीर जस्तो केही चिज थियो । भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो ।

प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे ।

बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ । १९ वर्षीय सन्दिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ । महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर क्यासलमा थिइन् उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७