शेयर बजारमा गिरावट, ३ अर्ब १२ करोडको कारोबार


१३ पुष २०७८, मंगलवार
share market

काठमाडौं । आज (मंगलबार) शेयर कारोबार रकममा उच्च गिरावट आएको छ । दिनभर जम्मा ३ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार ५ अर्ब ६० करोडको कारोबार भएको थियो । परिसूचक नेप्से पनि सामान्य घटेको छ । २.६६ अंकले घटेर नेप्से १५१८ अंकमा कायम भएको छ ।

दिनभरजसो नेप्सेमा उतारचढाव रह्यो । कारोबार सुरु भएको ११ मिनेटमै नेप्से २४८७ अंकसम्म झरेको थियो । त्यसपछि उतारचढावकै क्रममा साढे १ बजे २५३३ अंकसम्म पुगेको थियो । ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८८ को बढेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

उपसमूहगत रुपमा हेर्दा बैंकिङ ८, होटल तथा पर्यटन १०, निर्जीवन बीमा ३५, माइक्रोफाइनान्स २६, जीवन बीमा ३९ अंकले घटे । ब्यापार १६, विकास बैंक ४, जलविद्युत २४, फाइनान्स १४, उत्पादन १३७ र अन्य उपसमूह ३ अंकले बढे । मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३.१० रुपैयाँ पुगेको छ । नेपाल हाइड्रो डेभलपर्सको मल्य ५ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य करिब १० प्रतिशतले नै घट्यो । धेरै कारोबार हुनेमा हिमालयन डिस्टिलरी रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७