६० वर्षमाथिकालाई कोरोनाको तेस्रो मात्रा खोप दिइने


१४ पुष २०७८, बुधबार
korona khop
फाइल फोटो

काठमाडौं । सरकारले दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निणर्य गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निणर्य गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निणर्य भएको जानकारी दिए ।

उनले भने, अब हामीले ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिन्छौं । यो अभियान अघि बढ्छ ।’ सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको छ । अहिले दैनिक ३ लाख बढिले कोरोनाविरुद्ध खोप लगाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७