प्रधानमन्त्री ओली सार्वजनिक महत्वको विषयमा बोल्दै


२ चैत्र २०७४, शुक्रबार
PM KP Oli 1

काठमाडौं, २ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदैछन् । संघीय संसद सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको हो ।

Kp sharma oli prime ministar of nepal
प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिने बुझिएको छ । सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ । बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ । शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७