राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्छ : उपेन्द्र यादव


१४ पुष २०७८, बुधबार
Upendra Yadav

परासी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

पार्टीको नवलपरासी-बर्दघाट सुस्ता पश्चिमद्वारा बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीले समय आएपछि एमसीसीका विषयमा निणर्य लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनु पर्छ ।’ अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७