प्रचण्डको राजनीतिक प्रतिवेदनमा आज बाँकी १४ समूहले सुझाव दिंदै


१५ पुष २०७८, बिहीबार
Maoisrtt1640693746

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् ।

काठमाडौं कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् । आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् । काठमाण्डौमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो ।

आज बिहान ११ बजेदेखि बाँकी १४ समूहले छलफलका निष्कर्ष राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । हिजो सुझाव तथा निष्कर्ष राख्दै प्रतिनिधिले नेपाली समाजवादी क्रान्तिका आधारहरु के-के हुन् भन्ने बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

पलायन भएको युवा जनशक्ति नेपाल फर्काएर समाजवादी आन्दोलन अगाडि बढाउने स्पष्ट खाका नआएको टिप्पणी गरेका छन् । एमसीसी लगायतका सबैखाले सम्झौता खारेज गर्ने नीति महाधिवेशनले लिनुपर्नेमा पनि प्रतिनिधिको जोड छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७