रुकुम पूर्वमा १४ मजदुर हिउँमा फसे, आज उद्धार गरिंदै


१९ पुष २०७८, सोमबार
snow 2

रुकुम पूर्व । घोडेटो बाटो निर्माणमा खटिएका १४ जना मजदुर हिउँमा फसेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका- २ पेल्माको घुसदुङमा एक सातादेखि स्थानीय १४ मजदुर हिउँमा फसेका हुन् ।

गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण बाटो निर्माण गर्न गएका मजदुरह? आफू बसेको ठाउँबाट निस्कन सकेका छैनन् । वडा नम्बर २ बाट घोडेटो बाटोका लागि बजेट विनियोजन भएको थियो ।

उक्त बाटो निर्माणका लागि उनीहरू खटिएका थिए । तर, मौसममा आएको परिवर्तनसँगै भारी मात्रामा हिउँ परेपछि उनीहरू घर फर्किन पाएका छैनन् । उनीहरू आफूहरू बसेको ठाउँमै फसेको वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीले बताए । उनका अनुसार आइतबार मात्र मजदुरहरू फसेको जानकारी प्राप्त भएको हो ।

विकट ठाउँ र सूचनाको पहुँचभन्दा बाहिर रहेकाले हिउँमा फसेको धेरै दिनपछि मात्र जानकारी आएको बताइएको छ । हिउँमा फस्नेरूमा जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन रहेका छन् ।

आज उद्धार हुन्छ : प्रजिअ
हिउँमा फसेकाहरूको आजै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । ‘हिउँमा फसेका मजदुरहरूको उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ बाँस्कोटाले भने, ‘सकभर उनीहरूको आजै उद्धार हुन्छ ।’ उनीहरू फसेको ठाउँ पहिचानको प्रयास भइरहेको र ठाउँ पहिचान भएमा उद्धार गर्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७