लगातार ९८ दिनको उपचारपछि आज डिस्चार्ज हुँदै पूर्वमन्त्री पुन


२० पुष २०७८, मंगलवार
barsaman pun DTr3q0i1Ej

काठमाडौं । चीनमा उपचाररत पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ आज अस्तालबाट डिस्चार्ज हुने भएका छन् ।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका नेता पुन स्थानीय समयानुसार आज दिउँसो २ बजे डिस्चार्ज हुने भएका हुन्। तर उनी चार दिनपछि मात्र स्वदेश आइपुग्नेछन् । उनको सचिवालय स्रोतका अनुसार डिस्चार्ज भए पनि दुई दिन उनी त्यही अस्पतालमा आराम गर्नेछन् । त्यसपछि मात्रै स्वदेश प्रस्थान गर्नेछन् ।

योसँगै थाइल्याण्ड र चीनमा गरी ९८ दिन लामो उपचारपछि उनी अस्पतालबाट बिदा हुन लागेका हुन् । उनी नेपालमा नभएकै कारण नेकपा माओवादी केन्द्रको अध्यक्ष बाहेकका पदाधिकारी छनोटको निणर्य समेत रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७