राष्ट्रपतिको बगैंचामा पालिएको हरिणको आक्रमणबाट सेना जवानको मृत्यु


२१ पुष २०७८, बुधबार
Deer attack 20220105090329

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पाराग्वेमा राष्ट्रपति निवासभित्र रहेको बगैँचामा हरिणको आक्रमणबाट एक सेनाको मृत्यु भएको छ । ४२ वर्षीय सेर्जेन्ट भिक्टोर आइज्यासीको हरिणको आक्रमणबाट मृत्यु भएको हो ।

राजधानी असुनसियन नजिकै रहेको राष्ट्रपति निवासमा रहेको सो हरिण भारतले उपहारस्वरुप पाराग्वेलाई दिएको थियो । उपहारस्वरुप राष्ट्रपति निवासमा राखिएको सो हरिणको आक्रमणबाट आफ्ना सेनाको मृत्यु भएको पाराग्वेको सेनाले जानकारी दिएको छ ।

राष्ट्रपति निवासको सीसीटीभी फुटेजमा देखिएअनुसार आक्रमणमा पर्नुअघि ती सेना हरिण नजिक गएका थिए। लगत्तै उनीमाथि हरिणले आफ्नो सिङले आक्रमण गरेको थियो । आक्रमणपछि गम्भीर घाइते बनेका भिक्टोरलाई उपचारका लागि सैनिक अस्पताल पुर्‍याइएको थियो । उपचार हुनुअघि नै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

जंगली हरिणहरु सो बगैँचामा छोडिएकाले र आफूमाथि आक्रमण हुनसक्ने डरले हरिणले उनीमाथि आक्रमण गरेको हुनसक्ने सेनाका प्रवक्ता कोलोनियल भिक्टोर युर्दापिलेटाले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७