काजकिस्तान हिंसा : १८ सुरक्षाकर्मी र दर्जनौं नागरिकको मृत्यु, रुसी सेना परिचालन


२३ पुष २०७८, शुक्रबार
russia army

काठमाडौं । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला काजकिस्तानमा रुसी सेना पुगेको छ । देशम भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनहरु भइरहेका बेला रुसी सेना काजकिस्तान पुगेको हो ।

पछिल्लो प्रदर्शनमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सुरक्षाकर्मीले भने आफ्ना १८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । आन्दोलनकारीले देशको मुख्य सहर अल्माटीमा जारी राखेको प्रदर्शन नियन्त्रणका क्रममा दुवै पक्षबीच भिडन्त भएको छ ।
आन्दोलकारीहरुले विभिन्न सरकारी र निजी सम्पतिको तोडफोड भएको भन्दै सुरक्षार्कीले बल प्रयोग गर्दा सयौं सर्वसाधारण घाइते भएको बीबीसीले जनाएको छ । सर्वसाधारणले सरकारका गतिविधिको विरोधमा प्रदर्शन गरेको बताएपनि आन्दोलनमा विदेशी घुसपैठ भएको सरकारी पक्षको दावी छ ।

राष्ट्रपति कासिम जोमार्ट तोकायेभले हिंसात्मक गतिविधि नियन्त्रणका लागि २५ सय रसियन सेनाको सहयोग लिएको बताउनु भएको छ । सेनाको सो टुकडीमा रुस, काजाकिस्तन र पूर्व सोभियत राष्ट्रहरु बेलारुस, ताजकिस्तान र आर्मेनिया समावेश छन् ।

यता संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत र फ्रान्सले दुवै पक्षलाई हिंसा अन्त्यका लागि अह्वानसमेत गरेका छन् । काजकिस्तानको आन्तरिक मन्त्रालयले करिब २३ सय जना प्रदर्शनकारी नियन्त्रणमा लिएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७