निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिक एक हजार धरौटीमा छुुटे


२४ पुष २०७८, शनिबार
nirmala pant A8VwOYBMfo

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका एक भारतीय नागरिक धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । ‘हामीकहाँ हुसेनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्ने मुद्दा आएको थियो’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘कानूनी प्रावधान बमोजिम उहाँ एक हजार धरौटीमा छुट्नु भएको छ ।’

प्रजिअ पाण्डेले हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भए/नभएको आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । तर कञ्चनपुर प्रहरीले उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो । उनको डीएनए समेत परीक्षणका लागि पठाइएको थियो । यद्यपि प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७