सालको पात टिप्न जङ्गल गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु


२४ पुष २०७८, शनिबार
tiger
सांकेतिक तस्विर

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

पात टिप्न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए । उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए । पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ । यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७