नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त


२५ पुष २०७८, आईतवार
271597041 4939092426183324 6735176845661495175 n

काठमाडौं, २५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।
पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पराजुलीले आफ्नो अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनु गर्वको विषय भन्दै कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७