एफए कप : टोटनह्याम र लिभरपुलको जित


२६ पुष २०७८, सोमबार
Liverpool team szdfCMGkdF

काठमाडौं । गए राति भएका एफए कपको आ-आफ्नो खेलमा टोटनह्याम र लिभरपुलले जित हात पारेका छन् । कपको चौथो चरणमा प्रवेश गर्ने क्रममा टोटनह्यामले मोरक्याम्बेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो भने लिभरपुलले श्रेसबरीलाई ४-१ गोलले पराजित गर्‍यो । टोटनह्यामलाई जित दिलाउने क्रममा ह्यारी केन, लुकार मौरा र ह्यारी विंक्सले १/१ गोल गरे ।

लिभरपुलका लागि भने फाबिन्होले २ तथा फर्मिन्हो र काइडे गोर्डनले १/१ गोल गरेका थिए । कोरोना संक्रमणको कारण लिभरपुलको टोलीमा ५ जना नयाँ खेलाडीहरु राखिएको थियो ।

यद्यपि उनीहरुले टोलीलाई निकै महत्वपूर्ण जित दिलाएका हुन् । यसअघि लिभरपुलको टोलीमा कोरोना संक्रमण फैलिएसँगै आर्सनलसँगको कारबाओ कपको सेमिफाइनल खेल पनि स्थगित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७