महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्स बिच समझदारी पत्रमा हस्ताक्षर


३० पुष २०७८, शुक्रबार
mahalaxmi bank

काठमाडौं, ३० पुस । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्स प्रालिसँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबार मार्गमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिटान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधु राम खड्काले हस्ताक्षर गरेका हुन।

यस सम्झौता पश्चात् ग्राहकले विश्वका विभिन्न स्थानहरूबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरूमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरू मार्फत सेवा प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंकका ग्राहकहरूले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्न जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७