दक्षिण अफ्रिकाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज


१ माघ २०७८, शनिबार
South africa india series i8ZguXHTy5

काठमाडौं । दक्षिण अफ्रिकाले भारतविरुद्धको टेस्ट क्रिकेट सिरिजमा जित हात पारेको छ । अन्तिम तथा तेस्रो टेस्टमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिजमा कब्जा जमाएको हो ।

पहिलो टेस्टमा भारतले जित हात पारे पनि दोस्रो र तेस्रोमा दक्षिण अफ्रिका विजयी भएको हो । केप टाउनमा भएको तेस्रो टेस्टको भारतले दक्षिण अफ्रिकालाई जितको लागि २१२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

दक्षिण अफ्रिकालाई जिताउन कीगन पिटरसनले ८२ रन बनाए । पिटरसनले पहिलो इनिङ्गमा पनि ७२ रनको पाली खेलेका थिए। उनी प्लेयर अफ द सिरिज पनि भए । भारतले पहिलो इनिङ्गमा २२३ र दोस्रोमा १९८ रन बनाएको थियो । पहिलो इनिङ्गमा दक्षिण अफ्रिकाले केवल २१० रन बनाएको थियो ।

भारतका कप्तान विराट कोहलीले पहिलो इनिङ्गमा ७९ रनको पाली खेलेका थिए भने दोस्रो इनिङ्गमा रिषभ पन्तले शतक प्रहार गरेका थिए । घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो इनिङ्गमा भारतलाई सस्तैमा अलआउट गर्दै खेल आफ्नो पकडमा ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७