एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण


१ माघ २०७८, शनिबार
bishnu poudel

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोभिड-१९ संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले शनिबार कोभिड-१९ को संक्रमण पुष्टि भएको र आइसोलेसनमा बस्न थालेको बताएका छन् । यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७