लोकसेवाका सम्पूर्ण लिखित परीक्षा स्थगित


६ माघ २०७८, बिहीबार
Loksewa Ayog

काठमाडौं : लोकसेवा आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि तय गरिएको सम्पूर्ण परीक्षा स्गगित गर्ने निर्णय गरेको छ । आयोगको विहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बढ्दो कोरोना भाइरस संक्रमणका कारण सो निर्णय गरेको आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए । आयोगले माघ महिनामा उपसचिव प्राविधिक, स्वास्थ्य नवौ तह, संगठित संस्था (नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत प्राधिकरण) का लिखित परीक्षा तय गरेको थियो ।

माघ मसान्त सम्मका लागि सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएपनि अन्तर्वार्ता र नियमित काम भने सञ्चालन हुने प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७