ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा ६ महिनामा २ अर्ब ६६ करोड नाफा


७ माघ २०७८, शुक्रबार
globalime Bank

काठमाडौं, ७ माघ । २७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५ करोड रूपैयाँले बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब्याज आम्दानी बैंकले अघिल्लो वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ७७ करोड रूपैयाँ गरेको थियो ।

यस्तै बैंकले सार्वजनिक गरेको चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ छ । बैंकको ईपीएस २२.३९ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १४.५६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रूपैयाँ छ ।

बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ६.१६, ७.९९, १.१३ र ३.५२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७