उपचारपछि माओवादी नेता वर्षमान पुन सोमबार स्वदेश फर्कंदै


८ माघ २०७८, शनिबार
barsaman pun ananta

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन आगामी सोमबार स्वदेश फर्कने भएका छन्। सोमबार बेलुका ८ बजे उनी नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।

गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। १३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचाररत थिए ।

उनी पूर्ण रुपमा स्वस्थ्य भइसकेकाले स्वदेश फर्किन लागेको स्वकीय सचिव पुनले बताए। नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)बाट पिडित छन् । काठमाडौंबाट बैंकक लैजाँदा पुनको जण्डिस (बिलरुविन) को तह बढेर १८  पुगेको थियो। 

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७