माओवादी नेता पुन आज स्वदेश फर्किँदै


१० माघ २०७८, सोमबार
barsaman pun ananta

काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्कंदै छन् । पुन पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ अपराह्न नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

हाल उनको शरीरमा बिलुरुबिन ९जण्डिस० को मात्रा नियन्त्रित अवस्थामा छ । बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७