भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउनेलाई तत्काल कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ


११ माघ २०७८, मंगलवार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको गर्ने बताएका छन् । मन्त्री श्रेष्ठले नेपाली युवाहरुलाई भिजिट भिसामा नाममा प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने र अलपत्र पार्ने काम भएको उल्लेख गर्दै कारबाही गर्ने बताएका हुन् ।

मंगलबार एक अपील जारी गर्दै मन्त्री श्रेष्ठले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको गुनासो आउने गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘

‘नेपाली युवाहरु रोजगारी पाउने आशामा दलाललाई लाखौं रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्ने देखिएको छ ।’

वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको मन्त्री श्रेष्ठले बताएका छन् ।

‘अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले अपीलमा भनेका छन्,’ त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्नुहुनेछ । अन्त्यमा प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७