यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान


१३ माघ २०७८, बिहीबार
sadak cover 9nNLTV0DmO

चितवन । चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा मर्‍यो । सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए ।

यस्तै, काठमाडौं बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेटनजिकै सडकको खाल्डोमा २०७५ कात्तिक १० मा साइकल यात्री श्याम श्रेष्ठले ज्यान गुमा ए। ढल निर्माणका लागि बनाइएको खाल्डोमा खसेर काठमाडौं महानगरपालिका-१५ चागलका श्रेष्ठको मृत्यु भएको हो ।
यस्ता खाल्डाखुल्डी मात्रै होइन, सडकमा अलपत्र छाडिएका नालीलगायत संरचनाले दुर्घटना बढाइरहेको देखिन्छ । खाल्डाखुल्डीकै कारण २०७६/७७ मा ५२ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। यो संख्या २०७७/७८ मा बढेर १ सय १४ पुगेको देखिन्छ । यस्ता दुर्घटनामा कति अंगभंग भए, कतिले ज्यान गुमाए भन्ने तथ्यांक छैन ।

जथाभावी सडक भत्काउने क्रमसँगै जोखिम बढेको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन् । सडक विभागले अनुमति दिने तर जिम्मेवार निकायले व्यवस्थित तरिकाले काम नगरेको प्रवक्ता केसीको ठम्याइ छ । ‘विकासका काम हुनुपर्छ । तर, व्यवस्थित रूपमा गर्नुपर्छ’, प्रवक्ता केसी भन्छन्, ‘यात्रु नफस्ने गरी व्यवस्था मिलाएर गर्नुपर्नेमा त्यो देखिएको छैन ।’

सबैभन्दा पहिले त सडक विभाग जिम्मेवार बन्नुपर्ने उनी बताउँछन् । ‘त्यसपछि सडक मर्मत र भत्काएर संरचना विस्तार गर्नेहरू जिम्मेवार हुनुपर्छ’, उनी भन्छन्, ‘हामीले आग्रह गर्ने हो । निर्देशन दिने र कारबाही गर्ने अधिकार सोझो रूपमा हामीलाई छैन ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७