कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस, स्वास्थ्यकर्मीविरुद्ध मुद्दा


१३ माघ २०७८, बिहीबार

महोत्तरी । कोभिड-१९ विरुद्धको खोप लगाउन घुस लिएको आरोपमा बुधबार दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

जोनसन एन्ड जोनसन खोप लगाई दिएपछि सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अवस्थामा महोत्तरीको स्वास्थ्य चौकी सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र कृष्णाकुमार साहलाई पक्राउ गरिएको हो । अजयको निर्देशनमा कृष्णाकुमारले खोप लगाउन आएका एक व्यक्तिबाट २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

Capture 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७