निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय


१७ माघ २०७८, सोमबार
nepal gnastar taha naptaul bivag1643595368

वीरगञ्ज । मधेस प्रदेश र वाग्मती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिए ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा वाग्मती प्रदेशको मकवानपुर हेटौंडास्थित ट्यागंकर क्लीब्रेसन एकाइ (पेट्रोलिय पदार्थ बोक्ने ट्याक्कर परीक्षण गर्ने) कार्यालय रहेको छ । दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् ।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम हुने गर्दछ । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेस प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी वाग्मती प्रदेशको चितवन र मवानपुर कार्य क्षेत्र रहँदै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७