सनराइज बैंकले पायो ‘ए नेगेटिभ’ रेटिङ


१७ माघ २०७८, सोमबार
sunrise bank limited

काठमाडौं, १७ माघ । सनराइज बैंक लिमिटेडले ‘ए नेगेटिभ’ रेटिङ प्राप्त गरेको छ । बैंकलाई केयर रेटिङ नेपालले ‘ए नेगेटिभ’ रेटिङ्ग प्रदान गरेको हो । त्यसो त विगत ४ वर्षदेखि बैंकले निरन्तर रुपमा ए नेगेटिभको रेटिङ्ग प्राप्त गरिरहेको छ । यसले बैंकको वित्तीय अवस्था सवल र जोखिममुक्त रहेको जनाउँछ ।

‘ए नेगेटिभ’ रेटिङ्ग भएका संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनिकरण गर्दै लगेको बैंकले प्राप्त रेटिङ्गले थप पुष्टि गरेको जनाएको छ । आगामी दिनहरुमा अझ बैंकले आफ्ना परिसूचकहरू सशक्त र मजबुद पार्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७