‘रन वे’मै गुडिरहेको यति एयरको जहाज एकाक्सी रोकिएपछि…


४ चैत्र २०७४, आईतवार
yeti airlines

बुटवल, ४ चैत । काठमाडौंबाट भैरहवा आएको यती एयरको 9 n-AJC नं. को जहाज दुर्घटना हुनबाट जोगिएको छ ।yeti airlines

भैरहवाको गौतमबुद्ध विमानस्थलमा जहाजको रन वे मा गुडिरहेका बेला चक्का ‘लग’ हुँदा रन वेमा अड्किएको थियो ।
जहामा रहेका २६ जना यात्रु र चालक दलका सदस्य थिए । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४ः४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि रनवेमा अड्किएको थियोे ।

जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

केहि अघिमात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस बंगला विमान दुर्घटना भएको थियाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७