यती एयरलाइन्सका अध्यक्ष शेर्पाद्धारा अर्जेन्टिनाको अग्लो चुचुरो माउन्ट अकोन्कागुवा आरोहण


२० माघ २०७८, बिहीबार
Sonam Sherpa

काठमाडौं : यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले अर्जेन्टिनाको सबैभन्दा अग्लो माउन्ट अकोन्कागुवा हिमालको सफल आरोहण गरेका छन् । अध्यक्ष शेर्पाले जनवरी २४ को विहान ११ बजेर ३० मिनेटमा माउन्ट अकोन्कागुवाको शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

Sonm Sherpa 1

हालसम्म उनले विश्वका सात अग्लो हिमालमध्ये ६ वटा हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् । अध्यक्ष शेर्पाले हालसम्म विश्वका ७ अग्लो हिमाल मध्ये ७ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । अब सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको शेर्पाको भनाई छ ।

थामसेर्कु ट्रेकिङका समेत प्रमुख रहेका शेर्पालाई यती एयरलाइन्सले पछिल्लो सफल आरोहणका लागि बधाई दिएको छ ।

यति समूहका अध्यक्ष रहेका शेर्पाको नेतृत्वमा नेपालको पर्यटन उद्योगको अग्रणी थामसेर्कु ट्रेकिङ, एयरलाइन्स सहित दर्जनौं कम्पनी सञ्चालनमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७