गर्भवतीको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ, गाडिएको शव प्रहरीले निकाल्यो


२२ माघ २०७८, शनिबार
kapilbastu sab oZwTWoMCrN

कपिलवस्तु । कपिलवस्तु प्रहरीले गर्भवती महिलाको हत्या आरोपमा उनका श्रीमान र ससुरालाई पक्राउ गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ सिंहखोरकी २१ वर्षीया रहिसुन्निसा मुसलमानको हत्या गरी शब गाडेको अवस्थामा प्रहरीले शुक्रबार फेला पारेको हो । उनी दुई महिनाकी गर्भवती रहेको बताइएको छ ।

बिहीबार बेलुका रहिसुन्निसालाई झुण्ड्याएर मारेको र भोलिपल्ट शुक्रबार गाडेर सदगत गरिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिंदै अनुसन्धान थालेको थियो । यस क्रममा ती महिलाका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो कमाण्डमा प्रहरीको टोली पुगेर लास उत्खनन गरेको हो । ‘पोस्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा फोरेन्सिक विज्ञ नभएकाले शव लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाइएको छ’, उनले भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७