७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ


२२ माघ २०७८, शनिबार
Drug

मकवानपुर । मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ । पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७