मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन होइन : चित्रबहादुर केसी

‘एमसीसीलाई पत्र लेखेर दलका नेताहरूले बेठिक काम गरे’


२६ माघ २०७८, बुधबार
chitra bahadur kc

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो एमसीसी र गठबन्धन नभएको बताएका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताएका हुन् ।

उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए । अहिले संसद् र न्यायालयलाई दलहरूले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरूले बेठिक काम गरेको पनि बताए ।

एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ । केसीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीनविरोधी अखडा बनाउन खोजिएको र नेपालको जलस्रोतलाई कब्जा गर्न खोजेको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७