निजी डेरीले पनि दूधको मूल्य प्रतिलिटर १० रुपैंयाँ बढाउने


२८ माघ २०७८, शुक्रबार
patrakar samelan1644566298

काठमाडौं । निजी डेरी उद्योगहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँबढाउने घोषणा गरेका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने (कच्चा) दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँले वृद्धि गरी ५४ रुपैयाँ ०४ पैसा पुर्‍याउने निणर्य गरेको थियो ।

सरकारले कच्चा दूधको मूल्य बढाउने निणर्य गर्दै उपभोक्ता मूल्य निर्धारण गर्ने जिम्मा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) लाई दिएको थियो ।

डीडीसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दूधको नयाँ उपभोक्ता मूल्यसूची सार्वजनिक गरेको थियो । डीडीसीले नयाँ मूल्यसूची सार्वजनिक गरेसँगै निजी डेरी उद्योगीले आज दूधको नयाँ उपभोक्ता मूल्य सार्वजनिक गरेका हुन् । शुक्रबार नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको उपभोक्ता मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७