गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने


१ फाल्गुन २०७८, आईतवार
gurkha

काठमाडौं, १ फागुन । गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा अधिकतम १२ दशमलव ७१ प्रतिशतसम्म ब्याज भुक्तानी गरिने भएको छ ।

बचतकर्तालाई अधिकतम ब्याजदर प्रदान गर्ने गरी फिक्स डिपोजिटमा ब्याजदर बृद्धि गरिएको फाइनान्सले जनाएको छ । फाइनान्सका २६ वटै शाखा कार्यालय र एउटा एक्स्टेन्सर काउन्टरबाट ग्राहकले रकम बचत गर्न सक्नेछन् ।

नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउने अपेक्षा र उद्देश्यका साथ यस फाइनान्सले देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनिय बैंकिङ्ग सेवा दिइरहेको छ । यस फाइनान्सले नागरिकको आर्थिक अवस्थामा सु्धार ल्याउने उद्देश्यका साथ विभिन्न बचत योजनाहरु समेत सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ ।

हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, भक्तपुरसहित कोटेश्वारबाट एकस्टेन्सन काउन्टरल गरी दशको सातै वटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७